+
+

विराटनगर विद्यालय नाटक महोत्सव घोषणा, साउन ३१ सम्म आवेदन दिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १३:५६

काठमाडौं । विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने जानकारी दिंदै विद्यालयको सहभागिताका लागि आह्वान गरेको हो ।

विराटनगर र आसपासका विद्यालयले आगामी साउन ३१ गतेभित्रमा आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिंक प्रयोग गर्न सकिनेछ । आवेदन दिएकामध्ये नौवटा विद्यालय छनोट हुनेछन् । छनोटपछि ती विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ ।

पाठ्यक्रममा भएको वा शिक्षक वा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीहरुले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ । नौ विद्यालय र आयोजकको एउटा गरी १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रङ्गमञ्च तर्फ आकर्षित गर्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

नौ विद्यालयमध्येबाट उत्कृष्ट नाटक र उत्कृष्ट कलाकारलाई अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?