+
+

लुटपाटको उद्देश्यले रोहितको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १६:१०

१७ साउन, विराटनगर । विराटनगर महानगरपालिका–५ का रोहित चौधरीको  गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

साउन ५  गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङ छन् । उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ । तिम्सिना जवरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागु औषध मुद्दामा ६ महिना कारागार बसेका व्यक्ति रहेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

उनका अनुसार पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न छन् । धरान-इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न रहेको उनले बताए । उनीहरूले गत असार ८, असार १३, असार ३१ गते पनि लुटपाट गरेका थिए ।

पक्राउ परेकाको साथबाट पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको डीआईजी बास्तोलाले बताए ।

२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा उनीमाथि  धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ उनीमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट गम्भीर  घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका  क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?