+
+

सोनापुर मिनरल्‍स एण्ड आयलले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बोर्डले दियो स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १७:४८

१७ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । १७ साउनमा नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।

कम्पनीको जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ छ । जसको ४० प्रतिशतले हुने १ करोड २३ लाख २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

कम्पनीले उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम सहित २२५ रुपैयाँमा आईपीओ निष्कासन गर्नेगरी स्वीकृति पाएको हो ।

त्यस्तै सर्वसाधारणका लागि भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम सहित २३७ रुपैयाँ ५८ पैसा प्रतिकित्ताको दरले सेयर बिक्री गर्नेछ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले पश्चिम नेपालको दाङमा उद्योग स्थापना गरी सोना ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । सन् २००८ मा प्राइभेट कम्पनीको रुपमा स्थापना भएर पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो । कम्पनीको प्रतिदिन २३०० टन सिमेन्ट र १२५० टन क्लिङकर उत्पादन गर्ने क्षमता छ ।

कम्पनीले सोना ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । सोना सिमेन्ट, सोनाटेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोनाश्री सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीमा तायल ग्रुपको मुख्य लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?