+
+

काठमाडौंमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १०:१६

१८ साउन, काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले आगामी भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्दै छ ।

विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका नेपाली युवा तथा बालबालिकाहरूलाई लक्षित गरी आगामी भदौ ३० गते काठमाडौंको ठमेलस्थित एक होटलमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्न लागिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

यस वर्षको सम्मेलनको विषयवस्तु ‘लर्निङ फर फयुचर’ अर्थात् ‘भविष्यको लागि सिकाइ’ रहेको छ । यसैसँग सम्बन्धित रहेर सहभागीहरुले सम्मेलनमा आफूले गरेका वैज्ञानिक कार्यहरु वा तयार पारेका वैज्ञानिक अवधारणा वा योजनाहरुलाई प्रस्तुत गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।

यस सम्मेलनमा भाग लिन इच्छुकले नेपाल एष्ट्रोनोमिकल सोसाइटीको वेबसाइटमा गएर भदौ ८ गतेभित्र अनलाइन आवेदन फारम भर्नुपर्ने छ । आवेदन शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । सम्मेलनमा १०० जनालाई मात्र सहभागी गराइने छ । भदौ ८ गतेभन्दा अगाडि नै आवेदकको संख्या १०० पुग्यो भने आवेदन फारम संकलन बन्द गर्ने अध्यक्ष भट्टराईले बताए ।

सम्मेलनमा सहभागी हुन इच्छुकका लागि सम्मेलन आयोजना हुनुभन्दा पहिले दुरशिक्षा विधिबाट वैज्ञानिक अनुसन्धान पत्रको अवधारणा लेखन तथा प्रस्तुतीकरण सबन्धमा कार्यशालाहरु समेत सञ्चालन हुनेछ ।

यस सम्मेलनमा सहभागीहरूले वैज्ञानिक प्लेटफर्म, एक्स्पोजर तथा संजालको अवसर प्राप्त गर्ने र उत्कृष्ट प्रस्तुतीकरण गर्ने सहभागिलाई विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा संलग्न हुने अवसर समेत प्रदान गरिने अध्यक्ष भट्टराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?