+
+

अक्षय कुमार स्टारर ‘ओह माइ गड २’ को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते ११:५६

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘ओह माइ गड २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर बुधबार नै सार्वजनिक हुने तयारीमा थियो तर बलिउडका कला निर्देशक नितिन देसाईको निधनको कारण कार्यक्रम स्थगित गरिएको थियो ।

‘ओ माइ गड २’ सन्नी देओलको ‘गदर २’सँगै साउन २६ गते रिलिज हुँदैछ । फिल्ममा अक्षयका साथै पंकज त्रिपाठी, यामी गौतम र अरुण गोविलको पनि मुख्य भूमिका छ । अमित रायद्वारा लिखित तथा निर्देशित यो फिल्म व्यंग्य कमेडी-ड्रामा हो । यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘ओ माइ गड’को दोस्रो श्रृंखला हो ।

फिल्मले भगवान शिवका कट्टर भक्त कान्ति शरण मुद्गलको कथा पेश गर्छ । डाउन टु अर्थ मानिस, मायालु बुवा र हेरचाह गर्ने पतिको भूमिकामा अक्षय छन् । एक दिन उनको छोरा विवेकलाई अनैतिक व्यवहार (गे) को आरोप लगाइन्छ र स्कुलबाट निकालिन्छ ।

त्यसपछि कान्तिले थाहा पाउँछन् कि उनको छोरो गलत सूचनाको सिकार भएको छ र गलत मार्गमा गएको छ । कान्तिले परिवारसँग सहर छोड्ने निर्णय गर्छन्, तर भगवान शिव (अक्षय कुमारद्वारा खेलिएको पात्र)ले उनीहरुलाई सत्य मार्गतर्फ डोर्‍याउन मद्दत गर्छन् । त्यसपछि कान्तिले सबैलाई जिम्मेवार ठहराउँदै अदालतमा बोलाउने निर्णय गर्छ ।

यो फिल्म लामो समयदेखि सेन्सर बोर्डमा अड्किएको थियो । तीन दिनअघि केही दृश्य परिमार्जन गर्ने गरी फिल्मको सेन्सर पास भएको थियो । फिल्मले ‘ए’ अर्थात् एडल्ट सर्टिफिकेट पाएको छ र २७ वटा दृश्य (संवाद) परिमार्जन गर्न भनिएको छ । फिल्मको कथावस्तु समलैंगिकतामा आधारित छ र यसमा भगवान शिवको पात्र पनि भएकाले चलचित्र जाँच समितिले गम्भीरतापूर्वक यसलाई लिएको थियो ।

सुरुमा यो फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी थियो । मिडिया रिपोर्टका अनुसार निर्माताले जियो सिनेमा एपसँग ९० करोड भारुमा सम्झौता गर्ने तयारी गरेका थिए तर अन्तिम समयमा यसलाई हलमा रिलिज गर्ने निर्णय गरियो ।

उक्त मितिमा बलिउडमा ठूलो भिडन्त हुँदैछ । अक्षय स्टारर यो फिल्म सनी देओल र अमिषा पटेलको ‘गदर २’ सँग भिड्नेछ । ‘गदर २’ को कुरा गर्ने हो भने अनिल शर्माले निर्देशन गरेका हुन् र उनले सन् २००१ मा ‘गदर : एक प्रेम कथा’ बनाएका थिए, जुन ब्लकबस्टर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?