+
+

नेपाल रिपब्लिक मिडियाको सेयर नेप्सेमा सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १३:५८

१८ साउन, काठमाडौं । नेपाल रिपब्लिक मिडियाको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । १८ साउन बिहीबार नेप्से र नेपाल रिपब्लिक मिडिया बीच सेयर सूचीकरण सम्झौता भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएसँगै आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले कम्पनीका सेयरलाई पहिलो कारोबारका लागि ८४ रुपैयाँ ४७ पैसादेखि २५३ रुपैयाँ ४१ पैसा ओपनिङ रेञ्ज तोकेको छ ।

पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेवटर्थकोदेखि त्यसको ३ गुणासम्म नेप्सेले ओपनिङ रेञज तोक्ने गर्छ । नेप्सेको स्पेशल प्री-ओपन सेसनमा कम्पनीको सेयर उक्त रेञ्जको जुनसुकै मूल्यबाट कारोबार सुरु हुनसक्छ । स्पेशल प्री-ओपन सेसनमा कारोबार नभएमो दोस्रो बजारमा कारोबार सुरु गर्न पुन अर्को कारोबार दिन पर्खनुपर्छ ।

कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये ४३ लाख ५३ हजार कित्ता साधारण सेयर र ५३ लाख २२ हजार कित्ता संस्थापक सेयर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?