+
+

कञ्चनपुरमा दुई जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते ९:१४

१९ साउन, धनगढी । कञ्चनपुुरमा दुई जना मृत भेटिएका छन् । शुुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका–८ को धारापानीमा ४ वर्षीया बालिका पोखरीमा डुबेको अवस्थामा मृत भेटिएकी छन् । मृत भेटिनेमा स्थानीय राजेश धामीकी ४ वर्षीया छोरी अनु धामी रहेकी छन् ।

उनी बिहीबार साँझ घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै, कृष्णपुर नगरपालिका–२ को बाणीमा रहेको बन्दा नदीको बगरमा ३५ वर्षीय पुरुषको शव भेटिएको छ तर उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाको इलाका प्रहरी कार्यालय झलारीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?