+
+

प्रशासन पछि हटेपछि झापा कारागारको अवस्था सामान्य

हरि अधिकारी हरि अधिकारी
२०८० साउन १९ गते १७:०९
कारागारबाट धुँवाको मुस्लो निस्केपछि पुगेका दमकल ।

१९ साउन, विराटनगर । चौकीदारको सरुवाको विरोधमा जिल्ला कारागार झापामा भएको झडप साम्य भएको छ ।

कारागार व्यवस्था विभागले चौकीदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

झडपपछि कैदीबन्दीले कारागार भित्रै टायर बालेर प्रदर्शन गरेका थिए ।  कारागार भित्रबाट बाहिर ढुंगामुढा पनि गरेका थिए  ।

‘कैदीबन्दीलाई सार्ने निर्णयको विरोधमा भित्रबाट बाहिर ढुंगामुढा गरे’ उनले भने, ‘मुढा बनाउनका लागि कारागारमा लगेको टायर बालेर प्रदर्शन गरे ।’

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार शुक्रबार प्रहरीले सरुवाका लागि चौकीदार मनोज लावतीलाई बाहिर निकालेको थियो । तर कैदीबन्दीको विरोध र आगजनी प्रयासपछि भने उनलाई कारागार भित्रै पठाइएको छ ।

कारागारबाटै कैदीबन्दी भाग्ने अवस्था बनेपछि कारागारलाई घेरेर केही राउण्ड हवाई फायर पनि गरेको उनले बताए । सरुवाका लागि कारागारबाट बाहिर निकालिएका चौकीदार लावतीलाई झापामै छाडेपछि अवस्था सामान्य बनेको उनले बताए  ।

‘विभागले सरुवा गरेका मध्ये एउटा मान्छेलाई बाहिर निकालेर लैजान खोज्दा भित्र छापेका ढुंगा उक्काएर बाहिर हाने, ढुंगामुढा गरे, भित्रै टायर पनि बाले’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने,‘ सबैतिरबाट घेरेर हवाई फायर पनि गरेर स्थिति नियन्त्रणमा लिइयो, त्यो मान्छेलाई अहिले बस्दै गर भनेर भित्र पठाइयो ।’

हवाई फायरको रिपोर्ट आइनसकेको बताउँदै उनले अहिले अवस्था सामान्य रहेको बताए । कैदीबन्दीले भित्रै  टायर बालेपछि कारागारभित्रबाट धुवाँको मुस्लो  बाहिर निस्किएको थियो । कैदीबन्दीले बालेको आगो निभाउन प्रहरीले दमकल प्रयोग गरेको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?