+
+
Shares
लघुकथा :

माछा चोर 

सुरेश राई सुरेश राई
२०८० साउन २० गते १८:३०

दिलबहादुरको छोरोले सिरानघरेको पोखरीको माछा चोरेको हल्ला पूरै गाउँभरि फैलियो। सिरानघरेको आँगनमा भद्रभलाद्मीहरु भेला भए। दिलबहादुरले त्यसबापत हजार रुपैयाँ हर्जाना व्यहोर्नु पर्‍यो।

सानो केटोलाई माछा चोरेकोमा माफी मगाइयो र सभा सकियो। दिलबहादुर पनि मुसुमुसु हाँस्दै घरतिर ओरालो लाग्यो।

बाटोमा जति पनि मानिसहरू भेटिए सबलाई दिलबहादुर आफ्नो छोरोले माछा चोरेको कुरा सुनाउँदै हिंड्यो। चियापसल, भट्टी, चौतारी, खेतबारी  आदिमा मानिसहरुलाई दिलबहादुर आफ्नो छोरोले माछा चोरेको कुरा फलाक्दै हिंड्न थाल्यो। गाउँलेहरू पक्कै पनि  छोराको पीरले दिलबहादुरको दिमाग खुस्किएछ भनेर अड्कल काटे।

श्रीमानको यस्तो हर्कतले आजित उसकी पत्नीले राति निदाउनु अघि मुख खोली, ‘हैन तपाईंलाई के भएको हँ? आफ्नै छोरोले माछा चोरेको कुरा जताततै फुक्दै हिंड्नु लाजसरम लाग्दैन हगि ? हैन तपाईं कुन खालको बाउ हो?’

दिलबहादुर मुसुक्क मुस्कुरायो र भन्यो, ‘पख् न रामशोभा ! यो हाम्रो एक्लो छोरो हुर्किंदै गरेको प्रमाण हो। हामीले यसलाई कति देवी–देउता भाकेर जन्माएका हौं। आज हाम्रो छोरो माछा चोर्न सक्ने जति हुर्किएछ बुझिस् ? ठिक–बेठिक, सही–गलत त म यसलाई सिकाउँदै  लगिहाल्छु नि !’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?