+
+

रुस-युक्रेन युद्धबारे ओली : साँढे जुधेको ठाउँमा बाच्छो बनेर जान हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २० गते १३:३२

२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुस-युक्रेन युद्धमा नेपालले कसैको पक्ष लिन नहुने बताएका छन् । शनिबार नेकपा एमालेको विदेश विभागले आयोजना गरेको कार्यक्रममा उनले नेपाल सरकारले विगतमा युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेकामा आलोचना गरे ।

‘भारतलाई त्यो न्यूट्रालिटी कायम राख्नुपर्ने तर हामीले साँढे जुधेका ठाउँमा बाच्छो बनेर जान हुँदैन थियो । न्यूट्रालिटी हाम्रो शक्ति हो । हामी शान्तिका पक्षधर हो’ उनले भने, ‘युद्ध नहोस् भन्ने कुरा भयो भने वार्ताबाट समाधान होस् भन्ने हुनुपर्छ। हामी एउटा पक्षमा लागेर, न्यूट्रालिटी गुमाएर कुराको छेस्कोले केही गर्न सक्दैनौँ ।’

अध्यक्ष ओलीले परराष्ट्र मामिलामा कम्तीमा देशभित्रका शक्ति एकजुट हुनुपर्ने बताए । तर प्रधानमन्त्री र सरकारले बाह्य देशसँग के सहमति गर्छन् भन्ने नै थाहा हुन छाडेको उनले टिप्पणी गरे ।

‘अस्ति प्रमको भारत भ्रमणमा ईपीजीबारे कुरा नै उठाएनन् । नेपाली भूमिलाई विवादित बनाउन खोजिएको छ । कुरा नै उठाइएन । सत्ता स्वार्थ केन्द्रित भयो राष्ट्रिय हित केन्द्रित भएन । यसमा राष्ट्रिय सहमति हुनुपर्थ्यो । तर त्यो राष्ट्रिय हितमा हुनुपर्छ । अन्यथा नेकपा एमालेलाई मान्य हुँदैन’ उनले भने ।

अध्यक्ष ओलीले नेपालको छिमेकी भारत र चीनमात्र भएकाले सीमा समस्या पनि यी दुई देशसँग मात्र हुन सक्ने बताए । यदि सीमा  समस्या भएमा आपसी सहकार्यमा टुंग्याउनुपर्ने बताए ।

‘हामीले हाम्रा छिमेकीलाई स्पष्ट ढंगले भन्नुपर्छ, छिमेकी त्यसैमाथि मित्रसँग पनि कुरा गर्न सकिँदैन भने डेलिगेसन जानुको अर्थ के रह्यो? त्यसैले छिमेकीसँग हाम्रो न्यायोचित हितका लागि कुरा गर्न सक्छौं, सक्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?