+
+

बैंकहरूको खराब रिपोर्टले लगानीकर्ता निराश, सेयर बजारमा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १५:२२

२१ साउन, काठमाडौं । आधा दर्जन वाणिज्य बैंकहरुले लाभांश नै दिन नसक्ने गरी आएको रिपोर्टले सेयर लगानीकर्ता निराश देखिएका छन् । प्रतिक्रियास्वरुप साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ ।

आइतबार बजार ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा घटेको छ । यो १.८३ प्रतिशतको गिरावट हो । आइतबार २६५ धितोपत्रको ६१ हजार ९१७ कारोबारबाट ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम भने २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ ।

आइतबार वित्त, होटल तथा पर्यटन र व्यापार उपसूचकमा बढी गिरावट आएको छ । बैंकिङ उपसूचक १.७० प्रतिशतले घटेको छ । आइतबारदेखि कारोबारमा आएका आईएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सकारात्मक सर्किट लेवलमा कारोबार भयो ।

कृषि विकास बैंक, पिपुल्स पावर, नेपाल एसबीआई बैंक डिभेन्चरसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । प्रोग्रेसिभ फाइनान्स, अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

आइतबार सानिमा बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक, शिवम् सिमेन्ट, ग्लोबल बैंकसहितका धितोपत्रको बढी कारोबार भएको छ ।

आइतबार वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिस्कृत रिपोर्ट आएको छ । रिपोर्ट अनुसार आधा दर्जन बैंकले यस वर्ष लाभांश खुवाउन नसक्ने अवस्था देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?