+
+

धनगढी उपमहानगरपालिका परिसरमै गाडीको चार्जिङ स्टेसन सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १४:३१

२१ साउन, धनगढी । सुुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा विद्युतीय गाडीको चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका कार्यालयको परिसरमा निर्माण गरिएको चार्जिङ स्टेशन आइतबारदेखि सञ्चालनमा आएको हो ।

आइतबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना र नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जंगबहादुर चन्दले संयुक्त रुपमा चार्जिङ स्टेसनको विधिवत रुपमा उदघाटन गरेका हुन् ।

नगर क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग बढाएर वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न उद्देश्यले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।

हमालले फूलबारी बसपार्क र उपमहानगर परिसरमा निर्माण भएको चार्जिङ स्टेसनले विद्युतीय यातायात सेवालाई प्रबद्र्धन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

धनगढीमा सञ्चालन गरिएको चार्जिङ स्टेसन १४० किलोवाट क्षमताको छ । चार्जिङ स्टेसनमा एक घण्टाभन्दा कम समयमा चार्ज गर्न मिल्ने ६० किलोवाटका दुई वटा डिसी र २२ किलोवाटको एउटा एसी चार्जर राखिएको छ । सवारी साधनको चार्ज गर्न ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

गाडी चार्ज शुल्क समेत निर्धारण गरिएको छ । बिहान र रातिको समयमा प्रतियुनिट १० रुपैयाँ ४४ पैसा, दिउँसो ८ रुपैयाँ २८ पैसा र राति ११ बजेपछि ६ रुपैयाँ प्रतियुनिट शुल्क तोकिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?