+
+

हरवाचरवाको लगत संकलन र परिचय पत्र वितरण गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते २०:१८

२१ साउन, जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले हरवाचरवाको लगत प्रमाणीकरण र परिचय पत्र वितरण तत्काल सुरु गर्न माग गरेको छ ।

आइतबार जनकपुरधामममा पत्रकार सम्मेलन गरी मञ्चले नीति कार्यक्रम र बजेटमा परेका हरवाचरवा लक्षित कार्यक्रममा आफूहरुको पहुँच सुनिश्चित हुुनुपर्ने, भूमि, आवास, शिक्षा, सीप विकास र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।

त्यस्तै प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने बिपन्न र गरिब लक्षित कार्यक्रममा हरवाचरवाहरुलाई प्रथामिकतामा राख्नुपर्ने पनि मञ्चले माग गरेको छ ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवाको लगत संकलन, प्रमाणीकरण तथा परिचय वितरण गर्ने कार्यक्तम राखेको छ। मञ्चका राष्ट्रिय अध्यक्ष दशनलाल मण्डलले मधेश सरकारलाई बजेटमा उल्लिखित यो कार्यक्रम तत्काल सुरु गर्न माग गरे ।

‘हामी सरकारको उक्त कार्यको स्वागत गर्दछौं । धैर्यताका साथ तथ्यांक संकलनको प्रक्रिया बिधिवत रुपमा सुरु हुने कुरामा विश्वस्त छौं’ उनले भने । कुनै कारणले तथ्यांक लिने काममा आलटाल वा ढिलाइ हुने अवस्था भए आन्दोलन गर्ने मञ्चले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?