+
+

शीर्ष नेताहरुको बैठक मंगलबार फेरि बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १७:२४

२२ साउन, काठमाडौं । प्रमुख तीन  दलका शीर्ष नेताहरुको सदनको अवरोध खुलाउने विषयमा सोमबार बसेका दुई वटा बैठक निष्कर्षमा पुग्न सकेन । मंगलबार फेरि अर्को बैठक बोलाइएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बस्ने गरी शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ ।

सभामुख घिमिरेले भनेका छन्, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ ।’

शीर्ष नेताहरुका बीचमा सहमति नजुटेपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे सम्मतका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।

शीर्ष नेताहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मध्यान्ह १२ बजे र दिउँसो साढे ३ बजे नयाँ बाेनेश्वरस्थित संसद भवनमै छलफलमा बसेका थिए । कुनै सहमति नभएपछि प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसा ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?