+
+

बागमती सभ्यता एकीकृत विकास समितिको म्याद थपियो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १७:५०

२२ साउन, काठमाडौं । सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको म्याद २ वर्ष थप गरेको छ । म्याद थपिएसँगै अब यो समितिको कार्यअवधि २०८३ असार मसान्तसम्म पुगेको छ ।

बागमती नदी र यसका सहायक नदीलाई स्वच्छ तथा सुन्दर राख्नु र यसको फोहोर व्यवस्थापन गरी काठमाडौं भित्रका नदी संरक्षणको उद्देश्य यो समितिको रहेको छ ।

समितिमा १ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बागमती सफाइ अभियानका रुपमा समितिमार्फत अर्बौं रुपैयाँ लगानी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?