
२२ साउन, जनकपुरधाम । नेपाल डेन्टल एसोसिएशन, धनुषा शाखाको अध्यक्षमा डा. निमु यादव निर्वाचित भएकी छन् ।
सोमबार भएको निर्वाचनमा उनी ४७ मत ल्याएर निर्वाचित भइन् भने प्रतिस्पर्धी डा. रामसरोज साहले केवल १ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत डा. अशोक सिंहले जानकारी दिए ।
उनका अनुसार डेन्टल एसोसिएशन, धनुषा शाखामा ५६ जना मतदाता रहेकोमा ४८ जनाले मात्र मतदान गरेका थिए । समितिका अन्य पदाधिकारी निर्विरोध चयन भएका छन् ।
उपाध्यक्षमा डा. अनिशकुमार साह, सचिवमा डा. रामपदारथ यादव, कोषाध्यक्षमा डा. अमृता पाण्डे, सहसचिमा डा. जगदीप साह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4