+
+

सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १७:०५

काठमाडौं । सामसङ नेपालले ५औं जेनेरेसनको ग्यालेक्सी फोल्डेबल ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर खुला गरेको छ । स्लिक र कम्प्याक्ट डिजाइन रहेका यी फोनमा शक्तिशाली पर्फरमेन्सका साथै उत्कृष्ट अनुभव प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

नयाँ फ्लेक्स हिन्जले सुन्दरताको सन्तुलन र ठोस डिजाइनसँगै फोल्ड गर्न मिल्ने अनुभवलाई सम्भव तुल्याएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यी अतुलनीय फोल्ड गर्न मिल्ने मोबाइलहरुमा असाधारण क्यामरा क्षमताहरु जडित गरिएका छन् । लेटेस्टे प्रोसेसरद्वारा शक्ति प्रदत्त टिकाऊ ब्याट्री र बलियो पर्फरमेन्सका साथ सामसङ ग्यालेक्सी जेड सिरिजले चालु वा बन्द अवस्थामा स्मार्टफोनसँग हुने सम्भावनालाई रुपान्तरण गरेको छ ।

नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि ग्राहकहरुले २२ साउन २०८० देखि नै यी पाँचौं जेनेरेसनका फोल्डेबलहरुको प्रि–अर्डर गर्न सक्नेछन् र प्रि–अर्डरसँगै प्रि–गिफ्टहरु पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यी उपकरणहरुको प्रि–अर्डर सामसङको आधिकारिक स्टोरहरुमा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

ग्यालेक्सी जेड फ्लिप ५ सम्झौताविना स्व–अभिव्यक्त गर्ने एकमात्र पकेटेबल फोन भएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार ग्यालेक्सी जेड फ्लिप ५ ले सेल्फ एक्सप्रेसनका लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ मिन्ट, लाभेण्डर र कालो रङ्गमा उपलब्ध छन् ।

कति छ बजार मूल्य ?

यसको बजार मूल्य ८‌+२५६ जीबीको मोडलका लागि १ लाख ३९ हजार ९९९ तोकिएको छ । ग्राहकहरुले प्रि–अर्डरका २ वटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटीई (३ं३२ जीबी) मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि ५ हजार र सामसङ ए७ लाइट एलटीईका लागि २ हजार रुपैयाँ अतिरिक्त व्यहोर्नु पर्नेछ ।

ग्यालेक्सी जेड फोल्ड ५ पावर हाउस फोन

विशाल स्क्रिन र धेरै समय चल्ने ब्याट्री सहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ ।

ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाइट ब्लू रङ्गमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड ५, १२ जीबी मेमोरी सहितका २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमता भएका छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जीबी) को मूल्य २ लाख २६ हजार ९९९ रूपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ (१२‌+५१२ जीबी) को मूल्य २ लाख ३९ हजार ९९९ रूपैयाँ कायम गरिएको छ । यसका साथै ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जीबी) को प्रि–अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकहरुले रोज्न सक्नेछन् ।

कम्पनीका अनुसार समग्रमा ग्राहकहरुले प्रि–अर्डर मार्फत् बढीमा २५ हजार रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्नति गर्न वा किन्नका लागि उनीहरुले इन्स्टा फाइनान्स सुविधाको पनि प्रयोग गर्न सक्नेछन् । न्यूनतम ईएमआई प्रति महिना ७ हजार रुपैयाँका दरले शून्य प्रतिशत ब्याजमा सुरु हुनेछ । ग्राहकहरुले एक वर्षभित्र एकपटक ब्रेकेज इन्सुरेन्सको साथ एकपटक प्रोटेक्टिभ फिल्म पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले एक्स्चेञ्ज सुविधाको पनि लाभ उठाउन सक्नेछन् ।

दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्ने गरी निर्माण गरिएको कम्पनीको दाबी छ । साथै आईपीएक्स८ को समर्थन, अलुमिनियम फ्रेमहरु र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?