+
+

लण्डनमा हुने ‘सुम्निमा साँझ’मा ‘फुलन्देको आमा’ले दर्शक हँसाउँने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १६:४८

काठमाडौं । आगामी अगस्ट १९ मा बेलायतको लण्डनमा ‘सुम्निमा साँझ’ हुने भएको छ । लण्डनको अल्डरसटमा हुने कार्यक्रममा कलाकारहरु भीषण मुकारुङ, उमेश राई ‘फुलन्देकी आमा’, श्याम सामसोहाङ राई, निश्चल राई, तारा लक्सम लिम्बू र जानुका राईले प्रस्तुति दिने आयोजक सुम्निमा इन्टरटेनमेन्टले जनाएको छ ।

उक्त कार्यक्रमका लागि प्राय: सबै कलाकार बेलायत आइसकेको आयोजकले जनाएको छ ।

सुम्निमा इन्टरटेन्मेन्ट युकेका अध्यक्ष कपिल राईले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र कार्यक्रमले विदेशी भूमिमा पनि नेपालीभाषीलाई मनोरञ्जन दिलाउन भूमिका खेल्ने आफूहरुको विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?