+
+

मानव अधिकार आयोगले भन्यो : लम्पी स्किन रोकथाम गर, किसानलाई राहत देऊ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १८:११

२४ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पशुमा देखिएको लम्पी स्किन रोगको रोकथाम र नियन्त्रण प्रभावकारी रुपमा गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गरी आयोगले लम्पी स्किनका कारण किसानहरुले पशु गुमाउनुका साथै पशुबाट प्राप्त गर्ने बृहत लाभबाट वञ्चित भइरहेको उल्लेख गरेको छ ।

लम्पी स्किन रोग नियन्त्रण नहुँदा किसानको अधिकार, खाद्य अधिकार, सम्पत्तिको अधिकार प्रभावित हुनुका साथै खाद्य सम्प्रभुत्ता र सुरक्षामा समेत दीर्घकालीन रुपमा प्रभाव पर्न सक्ने देखिएको आयोगले बताएको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले लम्पी स्किन महामारीको रोकथाम तथा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबाट पर्याप्त वजेट, कार्यव्रmम, औषधि, खोप तथा सबै पालिकाहरुमा पशु चिकित्सक पठाउन आग्रह गरेको छ । त्यस्तै लम्पी स्किन रोगको पूर्ण रुपमा रोकथाम तथा नियन्त्रण गरी प्रभावित किसानलाई यथाशीघ्र राहत तथा क्षतिपूर्ति दिन पनि आयोगले आग्रह गरेको छ ।

पशुसेवा विभागका अनुसार लम्पी स्किन रोगका कारण १४ साउनसम्म ४८ हजार ८८० पशुको मृत्यु भएको छ भने ११ लाख भन्दा बढी संक्रमित भएका छन् । जसमध्ये ८ लाख ६७ हजार ८१० पशु निको भइसकेका छन् भने १ लाख ८३ हजार ८०१ पशु अझै संक्रमित रहेका छन् । हालसम्म ३ लाख ५० हजार ९२६ पशुलाई लम्पी स्किनविरुद्ध खोप दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?