+
+
Shares

कांग्रेसले मधेश प्रदेशमा गर्‍यो संचार विभागमा १९ जनालाई मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते ७:३१

२५ साउन, जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशका आठवटै जिल्लामा संचार तथा प्रचार प्रसार विभागमा १९ जनालाई सदस्यमा मनोनयन गरेको छ।

पार्टीका प्रदेश सदस्य नितेशकुमार गुप्ता प्रमुख रहेका कांग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागमा जिल्लाको जिम्मेवारीमा  १९ जनालाई मनोनयन गरिएको हो ।

सप्तरीमा उपप्रमुख जाल्पाना कुमारी सदार, सुधा देवी र ललिता साह, सिरहामा विनोद मण्डल र विदु सिंह, धजुषामा निरञ्जन साह र कमल साह, महोत्तरीमा सन्तोष सिंह र हदिस खुदार सदस्य छन् ।

यस्तै सर्लाहीमम निकेश त्रिपाठी सदस्य सचिव र रोशन कुमार साह, रौतहटमम सागर हुमागाई, प्रभात कुमार झा  र राजेश्वर पाण्डे, बारामा सन्दीप यादव, सिकिन्द्र पसवान र अन्जली गुप्ता लाई मनोनयन गरिएको छ भने पर्सामा राहुल गुप्ता र निलिमा पौडल रहेका छन् ।

पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउन मधेश प्रदेश उनीहरुलाई  नियुक्त गरिएको काँग्रेस मधेशका प्रमुख सचिव सन्तु प्रसाद यादवले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?