+
+

सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते ९:५५

२५ साउन, जनकपुरधाम । सिरहामा मिटरब्याजी  आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको  हो ।

साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?