+
+

हिलारी क्लिन्टनले ब्लाइन्ड डेटको प्रस्ताव गरेको वेल्सका मन्त्रीको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १४:००

हिलारी क्लिन्टनसँग डेटको संवाद होला भन्ने कल्पना वेल्सका मन्त्री जेमी माइल्सले गरेकै थिएनन् । त स्वान्सी विश्वविद्यालयको एक समारोहमा मन्त्री जेमीले अपेक्षा नगरेकै कुरा भयो ।

जेमी हिलारीलाई धन्यावद भन्न गएका थिए । क्लिन्टनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका अधिकारका लागि राखेको मन्तव्यले जेमीलाई छोएको थियो ।

जेमी हिलारीलाई वेल्सको क्याबिनेटमा गे मन्त्री आफूनै रहेको भनेर चिनाउन चाहन्थे । सँगै उनलाई धन्यवाद समेत भन्न चाहन्थे । जसै उनी हिलारीतर्फ अघि बढे हिलारीले आफ्नो जोडीबारे जिज्ञासा राखेको उनले बताए । ‘हिलारीले मलाइ पार्टनर रहेको वा नरहेकोबारे प्रश्न गरेकी थिइन् । म त्यसबेला विल्कुलै एक्लो थिएँ । उनले मलाई आफ्ना साथीहरुसँग पनि परिचय गराइन्’, जेमीले भने ।

हिलारीले जेमीलाई विश्वस्तरीय नेतासँग समेत परिचित गराएको उनले बताए । सँगै डेटको प्रस्ताव राखेको उनको भनाइ थियो । त्यो क्षणलाई स्मरण गर्दै जेमीले भनेका छन्, ‘मैले त्यो प्रस्ताव स्वीकार त गरिनँ । मलाई त्यो कुरा त्यसबखत उपयुक्त लागेन ।’

किशोरावस्थामाकै स्वान्सी उपत्यकामा बसोबास गर्दा उनले आफ्नो लैंगिकता परिवर्तन भए हुन्थ्यो भन्ने महशुस गरेको बताए । ‘मलाइ मेरो परिवारले साथ सहयोग नदिँदा यस्तो लागेको थियो कि म भोलिपल्ट उठ्दा गे हुन नपाए हुन्थ्योझैँ भएको थियो’, उनले भने ।

आफ्नो लैंगिकताबारे उनले भनेका छन्, ‘म फरक छु भन्ने मलाइ थाहा थियो । किशोरावस्थामा म गे भएको झनै महशुस हुन थाल्यो । मलाई परिवारले साथ नदिँदा हरेक दिन म प्रार्थना गर्थे प्रभुलाई पुकार्थे म गे नहुन पाए पनि हुन्थ्यो ।’

‘यो परिस्थितिका कारण मेरो लैंगिकताबारे आत्मविश्वासको विकासका लागि मलाई निकै समय लाग्यो । मैले जीवन हासिल गर्नसक्ने उपलब्धीबारे मलाई सधैँ संशय नै भयो’, उनले अगाडि भने । जेमीले १६ वर्षको उमेरमा लेबर पार्टीको सदस्यता लिएका थिए । उनी कानुनका जानकार समेत हुन् ।

अहिले उनी वेल्सका शिक्षा मन्त्री भएका छन् । आफू शिक्षा मन्त्री भएका बेला उनले समावेशी नीति बनाएका मात्रै छैनन्  त्यसलाई कार्यान्वयनमा पनि लगेका छन् । ‘आफ्नो लैंगिकताबारे कसैले पनि हिनताबोध महसुस गर्न नपरोस् भन्ने ध्येय हो’, उनले भने ।

वेल्स सरकारले अहिले यौनिक तथा लैंगिक अल्पसंख्यक युवाहरुलाई विद्यालय तथा समुदायमा सहज वातावरण बनाउन काम गरिरहेको जेमीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?