+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १६:४८

२५ साउन, सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको साझा भण्डार सहकारी संस्थाका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, स्थित २ रोपनी जग्गा र बाँके कोहलपुरको दुई कठ्ठा १७ धुर जग्गा कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारले साझाका तत्कालीन अध्यक्ष खड्का, सदस्य सचिव तथा महाप्रबन्धक अमर थापा, सञ्चालक समिति सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा र भोलाप्रसाद न्यौपाने लगायतका विरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुले अत्यन्त कम मूल्यमा जग्गा बिक्री गर्ने निर्णय गरी संस्थालाई चार करोड चार लाख २४ हजार १८१ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

आयोगले गीताकुमारी शाहीले बोलपत्रमा अरुको नामको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको भन्दै आयोगले सोही बमोजिम मागदाबी लिएको छ ।

साझा भण्डार सहकारी संस्थाले विना आधार र कारण हचुवाको भरमा अत्यन्त कम मूल्यमा व्यक्तिलाई जग्गा बिक्री गरी संस्थालाई करोडौं हानी नोक्सानी पुर्‍याएको र व्यक्तिलाई फाइदा गराएको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?