+

टोटनहम छाडेर ह्यारी केन बायर्न जाने

२०८० साउन  २५ गते १६:४८ २०८० साउन २५ गते १६:४८
टोटनहम छाडेर ह्यारी केन बायर्न जाने

२५ साउन, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले टोटनहमका फरवार्ड ह्यारी केनलाई अनुबन्ध गर्ने भएको छ ।

दी एथ्लेटिकका अनुसार बायर्नले केनका लागि टोटनहमलाई १० करोड युरो तिर्न तयार भएको हो । केनको अनुबन्धमा बायर्न र टोटनहम दुवै क्लब सहमतिमा पुगेको बीबीसीले जनाएको छ ।

यसो भएमा इंग्लिस स्ट्राइकर केन बायर्नको इतिहासमा सबैभन्दा महँगो अनुबन्ध हुनेछ । केनलाई भित्र्याएर बायर्नले युरोपियन च्याम्पियन्स लिग जित्ने अपेक्षा राखेको छ ।

ग्ल्याण्डमा ट्रफी जित संघर्षरत केन पनि प्रिमियर लिग छाडेर उच्च स्तरमा खेल्दै धेरै ट्रफी जित्न चाहन्छन् ।

टोटनहमसँग केनको सम्झौता जुन २०२४ मा सकिदैँछ । केन बायर्नको यस सिजन चौथो अनुबन्ध हुने छन् ।

बायर्नले यसअघि नै किम मिन जाए, कोनराड लाइमर र राफेल गुरेइरोलाई अनुबन्ध गरिसकेको छ ।

केनको आगमनले बायर्नको आक्रमण बलियो हुने विश्वास छ ।

रोवर्ट लेवान्डोस्की बार्सिलोना गएपछि लरे साने, सर्जी जीनाब्री, किंगसले कोमन र जमल मुसिएलाले पनि नयाँ स्ट्राइकर पाउनेछन् ।

टोटनहम बायर्न म्युनिख ह्यारी केन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय