
२५ साउन, धनगढी । व्यवस्थापनको माग गर्दै कैलालीका पहिरो पीडितले सुुदूूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन् ।
गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका पहिरो पीडितले धनगढीस्थित मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका हुुन् ।
२०७७ सालमा आएका पहिरोका कारण विस्थापित भएका गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका एक सय ६९ घर परिवारले मुख्यमन्त्री कमलबहादुर शाहलाई व्यवस्थापन गर्न माग गर्दै आएका थिए तर प्रदेश सरकारले कुनै सुनवाई नगरेपछि उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना बसेका हुन् ।
पहिरोबाट विस्थापित भएपछि चुरे गाउँपालिका–४ को पनेरुगडास्थित सामुुदायि वन क्षेत्रमा बसिरहेका थिए । उनीहरूलाई स्थानीय प्रशासनसँगको समन्वयमा डिभिजन वन कार्यालयले गत हटाएको थियो ।
वनले घर टहरा भत्काउदै सामुदायिक वन क्षेत्रबाट हटाएपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुले दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन् ।
प्रतिक्रिया 4