+
+

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको तेस्रो चरणको आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १९:२४

२५ साउन, काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले विभिन्न मागहरु राख्दै तेस्रो चरणको कार्यक्रम घोषणा गरेको छ । समितिले बिहीबार पत्रकार सम्मेलन गर्दैै आन्दोलनको विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

समितिले साउन २७ गते शनिबारदेखि माइतीघर मण्डलामा दैनिक एक घन्टा धर्ना दिने, साउन २८ गते आइतबार काठमाडौं उपत्यका, त्रिशुली र काभ्रे जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु एक दिनको लागि बन्द गरी चिकित्सा शिक्षा पढाइ हुने कलेज सञ्चालक, शिक्षक तथा कर्मचारी, विद्यार्थी अभिभावक माइतीघरमा धर्नामा सहभागी हुने, प्रदेशस्तरमा सञ्चालित शिक्षण संस्थाहरु एक दिनका लागि बन्द गरी आन्दोलनमा सहभागी हुने जानकारी दिएको छ ।

चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सीटीईभीटीको पुर्नसंरचना गर्नुपर्ने, स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने लगायतका १४ वटा माग समितिले राखेको छ ।

चिकित्सा शिक्षा ऐन २०७५ ले विद्यार्थीको पढाइ र अभ्यासको लागि मेडिकलतर्फ कम्तीमा ३०० तथा डेण्टल र नर्सिङतर्फ १०० शय्याको अस्पताल अनिवार्य सञ्चालन हुनुपर्ने व्यवस्था गरेको छ । सञ्चालनमा रहेको कलेजहरुले ऐन जारी भएको दुई वर्षभित्र तोकिएको मापदण्ड पूरा गर्नुपर्ने समयावधि तोकेको थियो ।

सो समयावधिभित्र मापदण्ड नपु¥याएको शिक्षण संस्थाहरुलाई चिकित्सा शिक्षा आयोगले बन्द गराएको थियो । आयोगले मापदण्ड नपुगेको भन्दै शिक्षण संस्थाहरु बन्द गराएपछि सञ्चालकहरु आन्दोलित हुँदै आएका छन् ।

चित्सिा शिक्षा आयोग गठन भएदेखि हालसम्म प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका १३७ वटा, डिप्लोमा तहका (स्टार्फ नर्स) ७३ वटा स्नातक तहका बीएनका १० वटा र बीएस्सी नर्सिङका ८ गरी २२८ वटा शिक्षण संस्था बन्द भएका छन् ।

चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिका संयोजक निर्मल सापकोटाले आयोगले क्षेत्रधिकार भन्दा बाहिर गएर शैक्षिक संस्था बन्द गराएको बताउँछन् । उनी भन्छन् ‘ऐनमा आयोगले उच्च शिक्षाको मात्रै नियमन गर्ने भन्ने स्पष्ट व्यवस्था हुँदा हुँदै प्रमाण पत्र तहको शिक्षण संस्था बन्द गराएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?