 
																			२६ साउन, काठमाडौं । ट्वीटरको नाम बदलेर ‘एक्स’ राखेका एलन मस्कले ट्वीटर भवनका फर्निचर र पुरानो लोगो लिलाम गर्ने भएका छन् ।
अमेरिकाको सानफ्रान्सिस्कोस्थित ट्वीटरको हेडक्वार्टरबाट पुरानो लोगो, कफी टेबल, कुर्सी, वाद्य यन्त्र, फोटो, पिंजडा, पेन्टिङ लगायत ५८४ प्रकारका वस्तुमा लिलाम गर्न लागिएको हो ।
ट्वीटरको नाम ‘एक्स’ राखे पनि कार्यालयमा पुरानै लोगो (नीलो रंगको चरो) कायम छ । मस्कले उक्त लोगो पनि लिलाम गर्न लागेको बीबीसीले जनाएको छ ।
लिलामीको प्रक्रिया १२ सेप्टेम्बरबाट सुरु हुनेछ । लिलामी गराउने एक कम्पनीले लिलाम गर्न लागिएका वस्तुहरुमध्ये सबैभन्दा कम मूल्य २५ डलरबाट सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4