+
+

महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढिसक्यो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १३:०२

२६ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको जानकारी दिएका छन् ।

शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’

नेपालमा धेरै ठूलो संख्यामा युवा विदेशिएको सन्दर्भ निकाल्दै उनले यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेको बताए । सोहीकारण मुलुक भित्र स्थिरता दिन महिलाले भूमिका खेल्ने बताए । ग्रामिण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै उनले यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने बताए ।

देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता छ । घर–घरमा उत्पादन भएका विभिन्न सामग्री व्यवसायीले निर्यात गरिरहेको उनले बताए । आईटी सेक्टरमा पनि महिला जोडिन थालेको भन्दै मन्त्री डा. महतले भने, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ ।’

डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारीकरण सहजै रुपमा गर्न सकिन्छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपुर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।’

स–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाझ पुर्‍याउनु पर्ने भन्दै उनले यसमा सरकारले भरपुर सहयोग गर्ने बताए । दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सुझाव समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?