+
+

गर्भपतन गराउँदा महिलाको मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १६:५१

२६ साउन, धनगढी । गर्भपतन गर्ने औषधी खाएर महिलाको मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ भएको छ ।

धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकले जथाभावी गर्भपतन गर्ने औषधी खुवाउँदा धनगढी पमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा प्रर्दशन गर्दै घेराउ गरेको हो ।

उनीहरुले क्लिनिक सञ्चालकलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

बिहीबार बिहान गर्भपतन गर्न गएकी थापालाई क्लिनिकले औषधी दिएको थियो । औषधी सेवनपछि उच्च रक्तस्राव भएर सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको उपचारका क्रममै मृत्यु भएको थियो ।

प्रहरीले मेडिकल सञ्चालक २५ वर्षीय विनोदमणि जोशीलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?