+
+

आर्थिक मन्दीको प्रभाव जीवन बीमामा, प्रथम बीमाशुल्क २५ प्रतिशतले घट्यो

विजय पराजुली विजय पराजुली
२०८० साउन २६ गते २०:०१

२६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । १५ वटा जीवन बीमा कम्पनी र २ वटा लघुवित्त कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । २ लाख ५ हजार रुपैयाँ बीमा शुल्क लघुबीमा कम्पनीले संकलन गर्दा १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ जीवन बीमा कम्पनीले प्रिमियम संकलन गरेका हुन् ।

अर्थतन्त्रमा मन्दी देखिएर आर्थिक गतिविधि कमजोर भएसँगै घटेको नागरिकको क्रयशक्तिले गर्दा बीमा व्यवसाय पनि प्रभावित भएको छ । जसले गर्दा गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क २.६८ प्रतिशतले मात्रै वृद्धि भएको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

१६ जीवन बीमा कम्पनीले १ करोड ४१ लाख ३७ हजार ३२१ बीमालेख मार्फत उक्त बीमाशुल्क संकलन गरेका हुन् । कुल बीमाशुल्क मध्ये प्रथम बीमाशुल्क ३१ अर्ब २३ करोड ८५ लाख रुपैयाँ र १ खर्ब ११ अर्ब ११ करोड ७० लाख ५१ हजार बीमाशुल्क ती कम्पनीहरुले संकलन गरेका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क २४.५८ प्रतिशतले घटेको छ । उक्त तथ्यांकले आर्थिक मन्दीको प्रभाव जीवन बीमा कम्पनीहरुको परेको देखिन्छ । यस्तै आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमा कम्पनीरुको नवीकरण बीमाशुल्क ९७ अर्ब १९ करोड ३५ लाख रुपैयाँ थियो ।

असार अन्तिममा प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भई एकीकृत कारोबार सुरु गरिसकेका छन् । यस्तै गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा मात्रै व्यावसायिक कारोबार सुरु गरेका हुन् जसले गर्दा १४ वटा जीवन बीमा र २ वटा लघुजीवन बीमा कम्पनी सञ्चालनमा छन् ।

गत आर्थिक वर्षको असार महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १७ अर्ब ८१ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । ११ लाख ७ हजार ९७० बीमालेखा जारी गर्दा ५ अर्ब २८ करोड ७५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । यस्तै १२ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । असारमा २ खर्ब ३ अर्ब ३६ करोड ९९ लाख रुपैयाँ बीमांक रकमको बीमालेख जारी भएको छ ।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले लघुबीमालेख मार्फत मात्रै २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ प्रथम बीमाशुल्क र १४ करोड ६६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका हुन् । नवीकरण बीमाशुल्क न्यून मात्रै रहेको र प्रथम बीमाशुल्क धेरै रहेकोले बीमा प्राधिकरणले लघुबीमा कम्पनीको लाइसेन्स दिएसँगै पुराना बीमा कम्पनीले पनि लघुबीमा एग्रेसिभ रुपमा गरेको देखिन्छ । ४२ लाख ६७ हजार ९८३ बीमालेख मार्फत उक्त प्रिमियम संकलन भएको हो । असारमा मात्रै जीवन बीमा कम्पनीहरुले ३ लाख ३ हजार ८८८ बीमालेख जारी गर्दा २८ करोड १७ लाख प्रथम बीमाशुल्क संकलन गरेका छन् । यस्तै १ करोड ८९ लाख नवीकरण बीमाशुल्क गरि ३० करोड ७ लाख रुपैयाँ बीमाशुल्क असारमा संकलन गरेका हुन् । ५१ अर्ब ५६ करोड ३ लाख रुपैयाँ बीमांक रकमको लघुबीमालेख असारमा जारी भएको हो ।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले १६ लाख २९ हजार ५७५ वैदेशिक रोजगार बीमालेख जारी गर्दा ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । असार महिनामा मात्रै ५० अर्ब ९८ करोड ५६ लाख रुपैयाँ बीमांक रकमको ५४ हजार ७५१ वैदेशिक रोजगार बीमालेख जारी गर्दा करिब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

व्यवसायमा नेपाल लाइफ अगाडि

गत आर्थिक वर्षमा सबैभनदा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेनस रहेको छ । गत आर्थिक वषमा संकलन भएको कुल बीमाशुल्क मध्ये नेपाल लाइफको हिस्सा २६.११ प्रतिशत छन् । यसतै प्रथम बीमाशुल्कमा कम्पनीको हिस्सा २१.०२ प्रतिशत छन् । कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ५६ करोड ५० लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित कुल ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै कुल बीमाशुल्कमा १२.३७ प्रतिशत हिस्सा सहिशत दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल प्रथम बीमाशुल्कमा ७.६४ प्रतिशत हिस्सा सहित चौथो स्थानमा छ । कम्पनीले २ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित कुल १७ अर्ब ४६ करोड १५ लाखा रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै कुल बीमाशुल्क संकलनमा ११.३४ प्रतिशत बजार हिस्सा सहित तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ८७ करोड २१ लाख प्रथम बमिाशुल्क सहित कुल १६ अर्ब ४३ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इनस्योरेनस मर्जर भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कुल बीमाशुल्क संकलनमा चौथो र प्रथम बीमाशुल्क संकलनमा पाँचौं स्थानमा छ । कम्पनीले २ अर्ब २८ करोड ५४ लाख प्रथम बीमाशुल्क सहित १४ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै सुर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ७१ करोड ८९ लाख प्रमथ बीमाशुल्क सहित ८ अर्ब ८१ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानले ९५ करोड ३१ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित ८ अर्ब ३० करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५४ करोड २६ लाख प्रथम बीमाशुल्क सहित कुल ७ अर्ब १ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सिटिजन्स लाइफले १ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित ५ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा र रिलायन्स लाइफ मर्जर भएर बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ८६ करोड ५९ लाख प्रथम बीमाशुल्क सहित ५ अर्ब ६७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफ नेपालले १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित कुल ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

आइएमई लाइफले १ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क सहित कुल ४ अर्ब १८ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड ६२ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित कुल ३ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन् नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित कुल २ अर्ब ७ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मर्जर भइसकेको प्रभु लाइफले ६६ करोड ४ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित २ अर्ब ७ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा महालक्ष्मी लायफ इन्स्योरेन्सले ४९ करोड१० लाख प्रथम बीमाशुल्क सहित कुल १ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?