+
+

ह्वाट्सएपलाई टक्कर दिन पाकिस्तानले ल्यायो आफ्नै मेसेजिङ एप

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १६:३४

२८ साउन, काठमाडौं । मेटा कम्पनीको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपलाई टक्कर दिनेगरी पाकिस्तानले आफ्नै मेसेजिङ एप लञ्च गरेको छ ।

पाकिस्तानको सूचना प्रविधि मन्त्रालय तथा राष्ट्रिय सूचना प्रौद्योगिकी बोर्डको साझेदारीमा बीप पाकिस्तान नामक मेसेजिङ एप तयार भएको हो ।

बीप पाकिस्तान एप सार्वजनिक गर्दै पाकिस्तानका सूचना प्रविधि मन्त्री अमिनुल हकले देशको पहिलो मेसेजिंग एप हालका लागि ३० दिनको परीक्षणमा रहेको बताए । ट्रायलमा सफल भएसँगै यसलाई आम प्रयोगकर्ताका लागि रिलिज गरिनेछ ।

उनका अनुसार बीप पाकिस्तान एपमा अन्य मेसेजिङ एपमा जस्तै डकुमेन्ट शेयरिंग देखि अडियो तथा भिडियो कलिंग सुविधा पनि रहेको छ ।

यो एपमा च्याट गर्दा तेश्रो पक्षको हात लाग्ने जोखिम नहुने र फोटो भिडियो पनि सजिलैसँग पठाउने सकिने बताइएको छ । डेटाहरु लिक हुने तथा साइबर हमला जस्ता सम्भावित खतराहरुलाई ध्यानमा राख्दै एप लञ्च गरिएको मन्त्रीले बताएका छन् । साथै यसले पाकिस्तानका सरकारी विभागहरुमा सञ्चारको प्रक्रियालाई उत्कृष्ट बनाउन सहयोग गर्ने दाबी उनको छ ।

यो एपले प्रयोगकर्ताका डेटालाई राष्ट्रिय आइटी बोर्डले तयार गरेको स्थानीय सर्भरमा सुरक्षित गर्दछ । एपको सर्भर तथा सोर्स कोड पाकिस्तानमै भएका कारणले यसलाई शतप्रतिशत सुरक्षित बनाएको दाबी पाकिस्तानी सूचना प्रविधि मन्त्रीले गरेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?