+
+

सुनिल शर्माको माग : मेरो पक्राउ न्यायिक हो कि होइन निर्णय होस्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १६:५३
फाइल तस्वीर

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफ्नो पक्राउ न्यायिक हो वा होइन प्रष्ट निर्णय गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शर्मालाई बिहीबार पक्राउ परेको थियो । तर जिल्ला अदालत, काठमाडौंले थुनामा राख्न अनुमति नदिएपछि शर्मा शुक्रबार रिहा भएका थिए ।

आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले उत्तर कोरियाको कम्युनिष्ट शासनको स्टाइलमा आफूलाई पक्राउ गरिएको बताए ।

पक्राउ गरेको तीन घण्टापछि मात्र पक्राउ पुर्जी दिएको र हिरासतमा पनि हातपात गरेको भन्दै उनले भने, ‘मेरो पक्राउ न्यायिक हो वा होइन भन्ने दलको निर्णयमा राखियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?