+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दुर्गम भेगका विमानस्थलमा गरेको कडाइ उडान सुरक्षाका लागि हो : प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १८:४५

२८ साउन, काठमाडौं । मनसुन अवधिमा हवाई उडानमा गरेको कडाइ आलोचित बनेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षाका लागि यस्तो कडाइ गर्नु परेको बताएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भनेका छन्, ‘उडान सुरक्षालाई थप सुदृढ गरी दुर्घटना न्यूनीकरणमार्फत यात्रुमा हवाई यात्रा प्रति विश्वसनीय प्रत्याभूति गर्न उडान सुरक्षा मापदण्ड लगाइएको हो ।’

प्राधिकरणले दुर्गमका विमानस्थलमा मनसुन अवधिभर अपरान्ह १२ बजेसम्म उडान गरिसक्न निर्देशन दिएको थियो । यो निर्देशनले दिउँसो मौसम सफा भएको समयमा उडान गर्न नसकिएको भन्दै गुनासो बढेको थियो । बिहानको समयमा मनसुनले उडान प्रभावित हुने र १२ पछि प्राधिकरणको निर्णयले उडान रोकिएको भन्दै कर्णालीसहितका भेगमा आक्रोश बढेको छ । प्राधिकरणले भने यसलाई दृष्प्रचार भनेको छ ।

विमानस्थल सञ्चालन गर्न तोकिएको समय भित्र नियमित उडान भइरहेको र अत्यावश्यक, उद्दार तथा विशेष प्रकारका जहाज/हेलिकप्टरको उडानमा भने कुनै प्रतिबन्ध नलगाइएको प्राधिकरणले स्पष्ट पारेको छ ।

उडान सुरक्षा मापदण्ड सर्वसाधारणको हितविपरीत हुन नसक्ने भन्दै प्राधिकरणले सर्वसाधारणको जीवन रक्षाका लागि यस्तो निर्णय लिइएको समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?