
२८ साउन, काठमाडौं । संयुक्त विद्यार्थी संठनले शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य सहितको समग्र शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी संगठनले तीनवटा मागसहित आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो । आन्दोलन घोषणा गर्नेमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पवन कार्की नेतृत्वको विद्रोही समूह पनि छ ।
उनीहरूले विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य गर्दै कुलपतिदेखि ,क्याम्पसका पदाधिकारीसम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ति गर्ने प्रावधानसहित शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने र शिक्षाका नाममा प्रतिभा र पुँजी पलायन हुने समस्याको समाधान दिने गरी विश्वविद्यालय ऐनको पनि माग गरेका छन् ।
यसैगरी विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई एकरुपता बनाइ अनिवार्य कार्यान्वयन गर्न पनि माग गरेका अखिल (क्रान्तिकारी)का प्रवक्ता उपदेश यादवले जानकारी दिए ।
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया 4