+
+

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते ६:२८

२९ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीनको कुन्मिङ जाँदैछन् । सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन यादव आज चीन जान लागेका हुन् ।

उनी सोमबार (आज) अपराह्न ४:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त मेला यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । सो मेलाको उदघाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी छन् ।

उपराष्ट्रपति यादव भदौ ४ गते काठमाडौं फर्किने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?