
काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ आगामी नयाँ वर्षमा रिलिज हुने भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले आगामी वैशाख १ गते दयाहाङ राई स्टारर फिल्म रिलिज हुने जानकारी दिएको छ ।
यसअघि यो फिल्म आगामी दशैंमा रिलिज हुने घोषणा गरिएको थियो । दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित फिल्म अहिले निर्माणको क्रममा छ । फिल्मको मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे छन् । फिल्ममा रामबाबुकै पटकथा लेखन रहेको छ ।
रामबाबु अर्को फिल्म ‘कबड्डी ५’ निर्माणको तयारीमा समेत छन् । यो फिल्म यसै वर्षको अन्त्यदेखि छायांकनमा लैजाने उनको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4