+
+

स्वस्तिमा र मुकुनको ‘ऐंचो पैंचो’ ट्रेलर : राजनीतिले समाजमा पारेको प्रभावको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १७:३६

काठमाडौं । स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक भएको छ । आगामी भदौ १४ गते रिलिज हुने तयारीमा रहेको फिल्मको सोमबार काठमाडौंमा आयोजित कार्यक्रमा ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर रिलिज कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

कृषा चौलागाईं निर्देशित फिल्मको ट्रेलरमा राजनीतिले देश र समाजमा पारेको प्रभावलाई नजिकबाट देखाउने कोसिस गरेको देखिन्छ । दुई मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा फिल्मका प्राय: सबै कलाकार चित्रित छन् ।

फिल्मका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास आफूले लिएको निर्देशक चौलागाईंले बताइन् ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिचिएको फिल्ममा स्वस्तिमा र मुकनका साथै वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको समेत अभिनय छ ।

केपी फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा प्रीतम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सहनिर्माता छन् । फिल्ममा अभिमन्यू निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम् राणाको भीएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन रहेको छ । ‘ऐंचो पैंचो’मा विनयराज पौडेलको मुख्य सहायक निर्देशन तथा विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?