+
+

महानगरले सार्वजनिक गर्‍यो कक्षा ११ को छात्रवृत्तिको नतिजा

३ भदौभित्र भर्ना हुनुपर्ने

काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि २० साउनमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणको नतिजा अनुसार भर्ना हुने परीक्षार्थीको योग्यता क्रमको अन्तिम सूची समेत महानगरले प्रकाशन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १८:५१

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि २० साउनमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणको नतिजा अनुसार भर्ना हुने परीक्षार्थीको योग्यता क्रमको अन्तिम सूची समेत महानगरले प्रकाशन गरेको छ ।

नतिजा अनुसार विज्ञान विषयमा १ हजार ४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इन्जिनियरिङमा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना पाउने भएको छ ।

महानगरले दिने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना हुनेछ । २७ साउनसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु सिफारिस गरिएका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।

प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नम्बर, अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नम्बर, श्रेणी, प्राथमिकता आदेश समावेश गरिएको उनले बताएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थी महानगरले नतिजामा कोटा छुट्याएको छ ।

यस्तै छात्रा, आदिबासी र जनजाति, मधेशी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएको व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, शहीद र बेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ ।

यस्तै स्कुल टाइपमा एसईई उत्तीर्ण गरेको विद्यालयको प्रकार (संस्थागत/निजी) सम्बन्धी विवरण राखिएको छ ।

महानगरले ३ भदौमा दोस्रो चरणको नतिजा प्रकाशित गरेर भर्नाको योग्यताक्रम सार्वजनिक गर्ने भएको हो । पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले १ भदौभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?