+
+

‘कश्मीर फाइल्स’ निर्देशकको नयाँ फिल्म ‘द भ्याक्सिन वार’ सेप्टेम्बर २८ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १२:००

काठमाडौं । ‘द कश्मीर फाइल्स’ फेम्ड निर्देशक विवेक अग्निहोत्रीको नयाँ फिल्म ‘द भ्याक्सिन वार’को टिजर सार्वजनिक भएको छ । मंगलबार भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर निर्माण टिमले फिल्मको टिजरसँगै रिलिज मिति समेत घोषणा गरेको छ ।

भारतकै पहिलो बायो साइन्स फिल्म बताइएको ‘द भ्याक्सिन वार’ आगामी सेप्टेम्बर २८ मा रिलिज हुने निर्देशक अग्नहोत्रीले बताएका छन् । फिल्म कोरोना महामारीका बेला खोप निर्माणको विषयवस्तुमा निर्माण गरिएको छ ।

टिजरको सुरुवात ल्याबमा तयार भ्याक्सिनबाट हुन्छ, जहाँ नाना पाटेकर र पल्लवी जोशी देखिन्छन् । उनीहरुले वैज्ञानिकको भूमिका निर्वाह गरेको देखिन्छ । वास्तविक घटनामा आधारित भनिएको फिल्मको टिजरमा भ्याक्सिन निर्माणको गोप्य तयारीमा जुटेका वैज्ञानिक यसको ट्रायल गरिरहेको अवस्थामा सकिन्छन्

फिल्ममा अनुपम खेर र सप्तमी गौडाले समेत अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?