+
+

अस्वस्थताका कारण म्याडोनाको सांगीतिक टुर सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १२:१८

काठमाडौं । अमेरिकी गायिका म्याडोनाको सांगीतिक टुर पुन: पछि सरेको छ । ब्याक्टेरियाको संक्रमणका कारण उपचाररत् यी पपकी रानीले स्वास्थ्य समस्याकै कारण गत जुनमा निर्धारित न्युयोर्कको कन्सर्ट पनि स्थगित गरेकी थिइन् ।

म्याडोनाको केही समय आईसीयूमा भर्ना गरेर उपचार गरिएको थियो । अहिले उनी घरमा आराम गरिरहेकी छन् ।

उनका म्यानेजर गाए ओसिरीले उत्तर अमेरिकामा पूर्व निर्धारित कार्यक्रमहरु तत्कालै केही समयपछि गरिनेछ । बेलायत र युरोपेली मुलुकका कन्सर्टहरु हाललाई केही समयलाई रोकिएको जनाएका छन् । बिक्री भइसकेका टिकटको रकम फिर्ता दिने पनि म्यानेजरले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘म्याडोना फ्यानहरूलाई पर्न गएको असुविधाप्रति खेद छ र भविष्यमा तपाईंहरुमाझ आइपुग्ने आशा व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

रद्द गरिएका कार्यक्रमहरूमा तुल्सामा जुलाई २७, नासभिलमा डिसेम्बर २२, सान फ्रान्सिस्कोमा जनवरी १५, लस भेगासमा जनवरी १८ र फिनिक्समा जनवरी २० छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?