+
+

अरनिको राजमार्गमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १७:०२

३१ साउन, काभ्रे । अरनिको राजमार्ग अन्तरगत धुलिखेल अरनिको होटेल अगाडि मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा २ क २०१९ नं.को मिनिट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ७२८८ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठान धर्मवती गाउँपालिका ७ बस्ने वर्ष २७ का सुरज गिरी रहेका जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

हिजो मंगलबार पनि अरनिको राजमार्ग अन्तर्गत बनेपा १३ भैंसेपटीमा मोटरसाइकल दुर्घटना हुँदा धुलिखेल ८ का अभिषेक न्यौपानेको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?