+
+

काठमाडौं महानगरको शहरी योजना आयोगको उपाध्यक्षमा राजभण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १८:३३
सुमननरसिंह राजभण्डारी (बीचमा)

३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारी नियुक्त भएका छन् । विहीबार बसेको महानगरपालिकाको २१ औं कार्यपालिका वैठकले राजभण्डारीको नाम सर्वसम्मतले स्वीकृत गरेको हो ।

शहरी योजना आयोगको उपाधयक्षमा राजभण्डारीको नाम पेश भएपछि कार्यपालिका सदस्यहरुले यसअघिका उपाध्यक्ष तेजेन्द्र खड्कलाई किन नियुक्ति गरेको र किन हटाएको भन्दै प्रश्न गरेका थिए । जवाफमा मेयर बालेन शाहले यसअघिका उपाध्यक्ष लामो विदामा बस्न खोजेपछि पदलाई खाली राख्न नहुने भन्दै राजभण्डारी नियुक्त गर्न प्रस्ताव गरेको बताएका थिए ।

कार्यपालिका वैठकमा बालेनले राजभण्डारीलाई पहिले नै नियुक्त गर्न खोजे पनि राष्ट्रिय योजना आयोगमा जाने तयारीको कारण रोकिएको समेत बताएका छन् । राजभण्डारी बालेनसँग निकट स्ट्रक्चरल इन्जिनियर हुन् । राजभण्डारीलाई मेयर हुनुअघि बालेनले इन्जिनियरिङको काममा सहयोग गर्दै आएका थिए ।

चालु आर्थिक वर्षमा सहरी योजना आयोगमा महानगरले ४ करोड ९० लाख रुपैयाँ बजेट रहेको विनियोजन गरेको छ । योजना आयोगका उपाध्यक्षले मेयर र कार्यपालिका मार्फत बजेटमा योजनाहरुको छनोट लगायतको काम गर्छ ।

महानगरको सहरी योजना आयोगको उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेर सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेर विशिष्टता हासिल गरेको हुनुपर्ने उल्लेख छ । काठमाडौं महानगरपालिका सहरी योजना आयोग उपाध्यक्षले नेपाल सरकारको सचिवले पाएसरह सुविधा पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?