
३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटेबहाल प्लाजालाई जरिवाना गर्ने भएको छ ।
महानगरपालिकाको कार्यपालिका वैठकमा वातावरण समितिका संयोजक रहेका वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले भोटेबहाल प्लाजालाई जरिवाना गर्ने प्रस्ताव पेश गरेका थिए ।
उनको प्रस्तावमाथि महानगरका मेयर बालेन शाहले जरिवानाको कार्यविधि अनुसार जरिवाना लिनसक्ने बताएका थिए ।
समितिका संयोजक महर्जनले १० लाख रुपैयाँसम्म जरिवाना लगाउन सक्ने बताएका थिए ।महर्जनले गरेको प्रस्ताव कार्यपालिका वैठकले सर्वसम्मत पास भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4