+
+

प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम नराख्न परिवारको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते २१:३८

काठमाडौं । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम राखेकोमा उनको परिवारले आपत्ति जनाएको छ ।

प्रदीप गिरि पावन स्मृति आयोजक समितिले बिहीबार गिरिको स्मृतिमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम घोषणा गरेको थियो । २ भदौमा सुरु हुने यात्राका क्रममा वीरगञ्जको तिलवा नदीका साथै भारतको गंगा नदीमा गिरिको अस्तु बिसर्जन गर्ने कार्यक्रम समेत समावेश छ ।

गिरिकी पत्नी भारती सिलवाल, छोरा सन्तोष र बुहारी उष्मा लामा सिलवालले विज्ञप्ति जारी गर्दै आफूहरुको अनुमति विना अस्तु विसर्जन कार्यक्रम राखेको बताएका छन् ।

परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै अमुक व्यक्ति वा संघले विना स्वीकृति गर्ने यस्तो कार्य स्वीकार्य नभएको भन्दै उनीहरुले विज्ञप्ति भनेका छन्, ‘यस्तो अशोधनीय क्रियाकलापले हामीलाई मर्माहत बनाएको छ ।’

लिखित र मौखित रुपमा अस्तु विर्सजन नगर्न अनुरोध गर्दा पनि समितिका कञ्चन झा, रामपल्टन साह लगायतले नसुनेको र अस्तुको राजनीति गरिरहेको परिवारको आरोप छ । यही बहानामा चन्दा उठाउने काम समेत भएको भन्दै उनीहरुले भनेका छन्, ‘त्यो अस्तु उनीहरुले कहाँबाट प्राप्त  गरे ? कसरी प्राप्त गरे ? त्यो अस्तु नै स्व. प्रदीप गिरिको हो कि होइन भन्नेमा ठूलो प्रश्नचिन्ह उठेको छ । किनभने उहाँको अस्तु हामीसँग नै सुरक्षित छ ।’

उनीहरले गिरिको आत्माको चिर शान्तिका लागि अस्तु विसर्जन कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?