+
+

‘एक भगवत् गीता’मा यस्तो छ विपिन, सुहाना र धीरजको क्यारेक्टर लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते ११:५६

काठमाडौं । भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’ले शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । फिल्मका शीर्ष पात्रलाई समेटेर सार्वजनिक गरिएका पोस्टरले चरित्र चित्रणबारे धेरै कुरा देखाउँछ ।

पहिलो पोस्टरमा विपिन कार्कीलाई उनको पारालैंगिक महिलाको चरित्रमा देख्न सकिन्छ । कमलामाई नामक पात्रमा उनले रातो सारी र आभूषण लगाएर पूजा आराधना गर्न लागेको देखिन्छ ।

अन्य पोस्टरमा धीरज मगर र सुहाना थापा चित्रित छन् । अर्को एक पोस्टरमा धीरज र सुहानालाई रोमान्टिक अवतारमा पेश गरिएको छ भने अर्को एक पोस्टरमा सुहानालाई बालकसँग देख्न सकिन्छ । यी तीन पोस्टरले चरित्रको मुडलाई दर्शाएको छ ।

निर्माता सुनिलकुमार थापाले पोस्टर रिलिजसँगै प्रचारप्रसार सुरु भएको बताए । ‘आजबाट हामी पब्लिसिटीमा उत्रिएका छौं । अब देशव्यापी आक्रामक रुपमा दर्शकमाझ प्रचार लिएर जान्छौं,’ थापाले अनलाइनखबरसँग भने ।

झरना थापा निर्देशित यो फिल्मलाई जनकपुरको जानकी मन्दिर र पोखराको सेटिङमा छायांकन गरिएको हो । फिल्मलाई सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?