+
+

चीन भ्रमणमा ऊर्जासम्बन्धी महत्वपूर्ण सहमति हुने प्रधानमन्त्रीको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १२:१९

१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दूरगामी सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३८औं वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हालै भएको भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने प्रारम्भिक सहमति भएको स्मरण गरे । त्यो समझदारीलाई मूर्तरुप दिन नेपाल र भारतका अधिकारीहरु निरन्तर संवादमा रहेको उनले बताए । बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत उनले जानकारी दिए ।

हालै इटलीमा भएको भेटमा पनि बंगलादेशमा प्रधानमन्त्रीसँग पनि विद्युत् व्यापार बढाउने कुराकानी भएको भन्दै उनले अघि भने, ‘मेरो आगामी महिना हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सहमति हुने विश्वास दिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?