
३ भदौ, काठमाडौं । कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर र संस्थापक सेयरसहित कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ९ लाख ७४ हजार ९४० कित्ता र सर्वसाधारणलाई निष्कासन गरेको २ लाख ४३ हजार ७३५ कित्ता सेयर सूचीकृत भएको छ ।
आइतबार नेप्से र कम्पनबीच सेयर सूचीकरण सम्झौता भएको नेप्सेले जनाएको छ । कम्पनी सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
कम्पनीका सेयरको पहिलो कारोबारका लागि नेप्से १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।
नेप्सेले सार्वजनिक निष्कासन गरेर सूचीकरण हुँदा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको प्रतिसेयर नेटवर्थदेखि त्यसको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्छ ।
नेप्सेको स्पेशल प्रि–ओपन सेसनमा सोही रेञ्जभित्र पहिलो कारोबार भएपछि कम्पनीको सेयर कारोबार सुरु हुन्छ ।
प्रतिक्रिया 4