+
+

इन्धन बोकेको भ्यानसँग बस ठोक्किँदा पाकिस्तानमा २० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १७:३७

३ भदौ, काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आईतवार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

आइतबार यात्रु बसले अर्को सवारीसाधनलाई ठक्कर दिँदा लागेको आगोले अन्य १५ जना घाइते भएका हुन् ।

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो ।

उद्धारकर्मीहरुले घाईतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ ।

बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट संघीय राजधानी इस्लामावाद जाँदै थियो ।

सिन्ह्वाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?