+
+

ला लिगामा बार्सिलोनाको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते ७:५२

४ भदौ, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा पहिलो जित हात पारेको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा क्याडिजलाई २-० ले पराजित गरेको हो ।

पेड्री र फेरान टोरेसले अन्तिम ८ मिनेट भित्र गोल गरेपछि बार्सिलोनाले सिजनको पहिलो जितसहित तीन अंक जोडेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले पहिलो गोल गर्न ८२ मिनेटसम्म कुर्नुपरेको थियो । पेड्रीले ८२औं मिनेटमा इल्के गुन्डागोनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । फेरानले इन्जुरी टाइमको चौथो मिनेटमा रोबर्ट लेवान्डोसक्को पासमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

जितपछि दुई खेलबाट ४ अंकसहित पाँचौ स्थानमा उक्लेको छ । नयाँ सिजन रियल मड्रिड र भ्यालेन्सियाले मात्रै खेलेको दुवै खेल जितेका छन् । रियल  र भ्यालेन्सिया क्रमश: पहिलो र दोस्रो स्थानमा छन् ।

ला लिगाकै अन्य खेलमा जिरोनाले गेटाफेलाई ३-० ले पराजित गर्दा एट्लेटिको मड्रिड र रियल बेटिसले गोलरहित बराबरी खेलेका छन् ।

जिरोना र एट्लेटिकोको पनि बार्सिलोना समान ४ अंक नै छ । तर गोल अन्तरमा जिरोना तेस्रो र एट्लेटिको चौथो स्थानमा छ । 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?