+
+

कोशीका मुख्यमन्त्रीले एमाले र राप्रपालाई भने : सहमतिको राजनीति सुरु गरौं, मलाई विश्वासको मत दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १५:४२

४ भदौ, विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत दिन प्रदेशसभाका सबै सदस्यलाई आग्रह गरेका छन् । उनले आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान गरेका छन् ।

‘प्रदेशमा स्थिरता र विकासका लागि मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सहमतीय राजनीतिको अभ्यासलाई अघि बढाउन गठबन्धन दलका सबै सत्ता गठबन्धन दलका साथै नेकपा एमाले र राप्रपासँग आवद्ध दलका माननीयहरुलाई आग्रह गर्न चाहन्छु ।’

मुख्यमन्त्री थापाले नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता र संवाद मार्फत द्वन्द्व मेटाउँदै जाने बताएका छन् ।

प्रदेशसभाको बैठक नेपाली कांग्रेसका सांसद इस्माइल मन्सुरीले सञ्चालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?